عن عَلِيٍّ قَالَ: إِنِّي كُنْتُ رَجُلًا إِذَا سَمِعْتُ مِنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ حَدِيثًا نَفَعَنِي اللهُ مِنْهُ بِمَا شَاءَ أَنْ يَنْفَعَنِي بِهِ، وَإِذَا حَدَّثَنِي رَجُلٌ مِنْ أَصْحَابِهِ اسْتَحْلَفْتُهُ، فَإِذَا حَلَفَ لِي صَدَّقْتُهُ، وَإِنَّهُ حَدَّثَنِي أَبُو بَكْرٍ، وَصَدَقَ أَبُو بَكْرٍ، قَالَ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَا مِنْ رَجُلٍ يُذْنِبُ ذَنْبًا، ثُمَّ يَقُومُ فَيَتَطَهَّرُ، ثُمَّ يُصَلِّي، ثُمَّ يَسْتَغْفِرُ اللهَ، إِلَّا غَفَرَ اللهُ لَهُ»، ثُمَّ قَرَأَ هَذِهِ الْآيَةَ: {وَالَّذِينَ إِذَا فَعَلُوا فَاحِشَةً أَوْ ظَلَمُوا أَنْفُسَهُمْ ذَكَرُوا اللهَ فَاسْتَغْفَرُوا لِذُنُوبِهِمْ} [آل عمران: 135].
المزيد
"अली (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, उहाँले भन्नुहुन्छ: "म यस्तो व्यक्ति थिएँ कि जब मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट कुनै हदीस सुनेँ (मैले तुरुन्तै विश्वास गरे) र अल्लाहले मलाई त्यसबाट जति चाहनुभयो, त्यति नै लाभ प्रदान गर्नुभयो। र जब कुनै सहाबा (साथी) ले मलाई हदीस सुनाउनुहुन्थ्यो, म उहाँलाई कसम खान आग्रह गर्थे। जब उहाँले कसम खानुहुन्थ्यो, म उहाँको कुरामा विश्वास गर्दथेँ।
एक चोटि, अबु बक्र (रजियल्लाहु अन्हु) ले मलाई एक हदीस सुनाउनुभयो, र निश्चय नै अबु बक्रले सत्य बोल्नुभयो। उहाँले भन्नुभयो: 'मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भनिरहेको सुनेँ:
"जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ । त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "र, उनीहरूले कुनै ठुला पाप गरेमा वा आफैंमाथि अन्याय गरेमा, उनीहरूले अल्लाहलाई सम्झन्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]