1. मुख्य
  2. वर्गीकरण
  3. सद्गुण र आचरण

हदीस कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको वरिपरि त्यसरी नै घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ।

عَنْ أُسَامَةَ بْنِ زَيْدٍ رضي الله عنه قَالَ: قِيلَ لَهُ: أَلَا تَدْخُلُ عَلَى عُثْمَانَ فَتُكَلِّمَهُ؟ فَقَالَ: أَتَرَوْنَ أَنِّي لَا أُكَلِّمُهُ إِلَّا أُسْمِعُكُمْ؟ وَاللهِ لَقَدْ كَلَّمْتُهُ فِيمَا بَيْنِي وَبَيْنَهُ، مَا دُونَ أَنْ أَفْتَتِحَ أَمْرًا لَا أُحِبُّ أَنْ أَكُونَ أَوَّلَ مَنْ فَتَحَهُ، وَلَا أَقُولُ لِأَحَدٍ يَكُونُ عَلَيَّ أَمِيرًا: إِنَّهُ خَيْرُ النَّاسِ بَعْدَمَا سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«يُؤْتَى بِالرَّجُلِ يَوْمَ الْقِيَامَةِ، فَيُلْقَى فِي النَّارِ، فَتَنْدَلِقُ أَقْتَابُ بَطْنِهِ، فَيَدُورُ بِهَا كَمَا يَدُورُ الْحِمَارُ بِالرَّحَى، فَيَجْتَمِعُ إِلَيْهِ أَهْلُ النَّارِ، فَيَقُولُونَ: يَا فُلَانُ مَا لَكَ؟ أَلَمْ تَكُنْ تَأْمُرُ بِالْمَعْرُوفِ، وَتَنْهَى عَنِ الْمُنْكَرِ؟ فَيَقُولُ: بَلَى، قَدْ كُنْتُ آمُرُ بِالْمَعْرُوفِ وَلَا آتِيهِ، وَأَنْهَى عَنِ الْمُنْكَرِ وَآتِيهِ».

ओसामा बिन जैद (रजियल्लाहु अन्हु) बाट वर्णित छ कि उहाँलाई सोधियो, “तपाईं उस्मान (रजियल्लाहु अन्हु) समक्ष गएर उहाँसँग कुराकानी किन गर्नुहुन्न?” यसको जवाफमा उहाँले भन्नुभयो: “के तिमीहरू यस्तो ठान्छौ कि मैले तिमीहरूलाई सुनाएर मात्र उहाँसँग कुरा गर्छु? अल्लाहको कसम! मैले उहाँसँग एकान्तमा कुराकानी गरेको छु। तर, म फितना (विद्रोह वा अशान्ति) को ढोका खोल्न चाहन्न र म त्यो ढोका खोल्ने पहिलो व्यक्ति बन्न पनि चाहन्न। साथै, नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट एउटा कुरा सुनिसकेपछि, म मेरो शासकलाई नै ‘मानिसहरूमध्ये सर्वोत्कृष्ट’ भनी प्रशंसा गर्ने चाहन्न, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्छ कि:
"कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको वरिपरि त्यसरी नै घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ। यो देखेर नरकवासीहरू उसको वरिपरि भेला हुनेछन् र भन्नेछन्: 'हे फलानो! तिमीलाई यो के भयो? तिमी त भलाईको आदेश दिन्थ्यौ र नराम्रो कामबाट रोक्थ्यौ!' उसले जवाफ दिनेछ: 'हो, म अरूलाई राम्रो कामको आदेश दिन्थें तर म आफैँ त्यसको विपरीत गर्थें; र अरूलाई नराम्रो काम गर्नबाट रोक्थें तर म आफैँ त्यसमा लिप्त हुन्थें।'"

सही मुत्तफकुन अलैहि सही मुस्लिम - 2989

व्याख्या

उसामा बिन जैद (रजियल्लाहु अन्हुमा) लाई मानिसहरूले भने कि तपाईं उस्मान बिन अफ्फान (रजियल्लाहु अन्हु) कहाँ किन जानुहुन्न र अहिले देखा परेको फितना (अशान्ति) को समाधानका लागि उहाँसँग खुलेर कुरा गर्नुहुन्न?” उहाँले जवाफ दिनुभयो कि मैले उहाँलाई गोप्य रूपमा भेटेर सुधारका लागि कुरा गरिसकेको छु। म सङ्कटलाई थप बल्झाउन होइन, शान्ति कायम गर्न चाहन्छु। म खुलेआम शासकको विरोध गर्ने र जनतासामु उहाँको आलोचना गर्ने पहिलो व्यक्ति बन्न चाहन्नँ। किनभने त्यसले शासकमाथि आक्रमण र अवज्ञाको ढोका खोल्छ, र यो फितना तथा अशान्तिको ठूलो कारण बन्छ। म त्यस्तो ढोका खोल्ने पहिलो व्यक्ति बन्न चाहन्नँ।
त्यसपछि उसामा बिन जैद (रजियल्लाहु अन्हुमा) ले भन्नुभयो: अमीर (शासक) हरूलाई गोप्य रूपमा राम्रो सल्लाह र उपदेश दिनुपर्छ र यसमा कुनै ढिलासुस्ती गर्नु हुँदैन, चाहे उनी शासक नै किन नहोऊन्। उनीहरूको अगाडि झूटो प्रशंसा गरेर चापलूसी गर्नु हुँदैन। किनकि उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुन्नुभएको छ कि 'कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फ्याँकिनेछ। (नरकको आगोले गर्दा) उसका आन्द्राहरू बाहिर निस्कनेछन् र ऊ त्यसको वरिपरि यसरी घुम्नेछ जसरी गधा जाँतोको वरिपरि घुम्छ। यो देखेर नरकका मानिसहरू उसको वरिपरि भेला हुनेछन् र सोध्नेछन्: हे फलानो! तिमीलाई यो के भयो? के तिमी भलाइको आदेश दिने र नराम्रो कामबाट रोक्ने काम गर्दैन थियौ र?'"
उसले जवाफ दिनेछ: हो, यो सत्य हो, म अरूलाई राम्रो काम गर्न आदेश दिन्थें, तर म आफै त्यसको विपरीत गर्थें र अरूलाई नराम्रो काम गर्नबाट मनाही गर्थें, तर आफैं त्यसमा लिप्त हुन्थे ।

हदीसका केही फाइदाहरू

  1. शासक र हाकिमहरूलाई सल्लाह र उपदेश दिने मूल नियम यो हो कि उक्त कुरा उनीहरू र सल्लाह दिने बीच गोप्य रहनुपर्छ, र त्यसलाई सर्वसाधारणमाझ सार्वजनिक गर्नुहुँदैन।
  2. जसले कुनै कुराको उपदेश दिन्छ तर ऊ आफैं त्यसको विपरीत गर्छ भने उसको लागि गम्भीर चेतावनी छ ।
  3. यसमा शासकहरूसँग शिष्टता र नम्रता अपनाउन, उनीहरूलाई राम्रो कामको आदेश दिन र नराम्रो कामबाट रोक्न प्रोत्साहित गरिएको छ।
  4. यसमा सत्यलाई पन्छाएर शासकहरूको चापलुसी गर्ने र मनमा एउटा कुरा राखेर बाहिर अर्कै देखाउँदै झूटो प्रशंसा गर्ने कार्यको कडा आलोचना गरिएको छ। यस्तो कार्य सत्य लुकाउने र चापलुसी गर्ने व्यक्तिहरूको विशेषता हो।

अनुवादहरूको प्रदर्शन

52 भाषा
EN English الإنجليزية
UR اردو الأوردية
ES Español الإسبانية
ID Indonesia الإندونيسية
BN বাংলা البنغالية
TR Türkçe التركية
RU Русский الروسية
BS Bosanski البوسنية
SI සිංහල السنهالية
HI हिन्दी الهندية
ZH 中文 الصينية
FA فارسی الفارسية
VI Tiếng Việt الفيتنامية
TL Tagalog تجالوج
KU Kurdî الكردية
HA Hausa الهوسا
PT Português البرتغالية
ML മലയാളം المليالم
TE తెలుగు التلغو
SW Kiswahili السواحيلية
TA தமிழ் التاميلية
MY မြန်မာ البورمية
TH ไทย التايلندية
DE Deutsch الألمانية
PS پښتو بشتو
AS অসমীয়া الأسامية
SQ Shqip الألبانية
SV Svenska السويدية
AM አማርኛ الأمهرية
NL Nederlands الهولندية
GU ગુજરાતી الغوجاراتية
KY Кыргызча القيرقيزية
LT Lietuvių الليتوانية
PRS دری الدرية
SR Српски الصربية
TG тоҷикӣ الطاجيكية
RW Kinyarwanda الكينياروندا
RO Română الرومانية
HU Magyar المجرية
CS Čeština التشيكية
MOS Moore الموري
MG Malagasy المالاجاشية
OM Oromoo الأورومو
KN ಕನ್ನಡ الكانادا
WO Wolof الولوف
AZ Azərbaycan الأذربيجانية
UK Українська الأوكرانية
KA ქართული الجورجية
MK Македонски المقدونية
KM ភាសាខ្មែរ الخميرية
PA ਪੰਜਾਬੀ البنجابية
MR मराठी الماراثية